प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

चेक अनादर विगो मुद्दाका दोर्जे पक्राउ

२०७९ असार १७, शुक्रबार ०६:४८ बजे

काठमाडौं – चेक अनादर विगो मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–९ वतन भई ललितपुर पुल्चोक बस्ने ४९ वर्षीय नाम्गेल दोर्जे लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चेक अनादर विगो मुद्दामा जिल्ला अदालत काठमाडौंको २०७७ माघ २५ गतेको फैसलाले १ करोड २० लाख रूपैयाँ बिगो र चेक जारी भएको मितिदेखि भरी भराउ मितिसम्म कानुन बमोजिमको व्याज समेत निवेदकलाई भराइ दिन ठहर गरेको थियो । अदालतको सूचना म्यादमा हाजिर नभएकोले जिल्ला अदालत काठमाडौंको २०७९ असार १० गतेको आदेशले २ वर्ष कैद सजाय समेत ठहर गरेको थियो ।

त्यसपछि फरार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।