प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको चित्लाङतर्फ आउँदै गरेको गाडी दुर्घटना

२०८० श्रावण १२, शुक्रबार ०८:३४ बजे

हेटौंडा – काठमाडौंको थानकोटबाट मकवानपुरको चित्लाङतर्फ आउँदै गरेको गाडी दुर्घटना भएको छ। एक मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

डिएसपी अधिकारीका अनुसार दुर्घघटनामा एक जना गम्भीर घाइते भएका छन्। गाडीमा पाँच जना सवार रहेकोमा बाँकीलाई सकुशल उद्दार गरिरएको उनले बताए । गाडि सडकबाट खसेर भीरको बीचमा अड्किएको उनले बताए। थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगिसकेको उनले बताए।