प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको गुम्बा पार्कमा युवा संघद्वारा वृक्षारोपण

२०८० भाद्र ३, आईतबार १३:३१ बजे

हेटौंडा – नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुर (युथ फोर्स विभाग)ले ‘एक युवा पाँच बिरुवा’अन्तर्गत वृक्षारोपण गरेको छ ।
आइतबार बिहान युवा संघले हेटौंडा-१३ स्थित गुम्बा पार्क परिसरमा विभिन्न प्रजातीको बिरुवा रोपेको हो ।

युथ फोर्स विभाग मकवानपुरका प्रमुख प्रकाश सुवेदीको सभाध्यक्षता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञावलीले बिरुवा रोपेर युवाहरुलाई रचनात्मक र प्रभावकारी काममा लाग्नु पर्ने बताए ।

उनले अन्य पार्टीका भातृ संगठनहरुले सुन प्रकरणमा मतिहारहरुलाई बचाउन लागि परिहरहेको तर युवा संघ नेपालले रचनात्मक कार्य गर्दै वृक्षारोपण कार्यक्रम गर्नुले समाजमा राम्रो सन्देश दिएको बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रामेश्वार राना, एमाले बागमती प्रदेश सदस्य श्रीधर पोखरेल, एमाले मकवानपुरका सचिव नवीन सिग्देल, उपसचिव हिदम लामा,नगर कमिटिका अध्यक्ष शालिकराम पुडासैनी, युवा नेता सानु लामा, युवा संघ नेपालकी केन्द्रिय सदस्यद्धय दिलु घर्ती मगर ,प्रकाश लामा लगायत करिब ३ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।