काठमाडौं - नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली ताजिकिस्तानसँग फराकिलो हार बेहोरेको छ।
सेन्ट्रल स्टेडियम, डुसान्बेमा बुधबार भएको खेलमा ताजिकिस्तानले पाहुना टोलीलाई ४–० ले हराएको हो। ताजिकिस्तानका शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई गोल गरे। फिफा वरीयता ७१ स्थानमाथिको ताजिकस्तानविरूद्व नेपाल चौथोपल्ट मैदान उत्रिएको हो।
यसअघि सन् २०१७ मा एसिया कप छनोटअन्तर्गत भएको दुई खेलमा नेपाल ३–० र २–१ ले पराजित भएको थियो। त्यस्तै अर्को वर्ष भएको मैत्रीपूर्ण खेलमा पनि ताजिकिस्तान २–० ले विजयी भएको थियो।
नेपालले अब शनिबार अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ।