प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर गोल्डकपको क्वाटरफाइनल खेल आजबाट

२०७९ जेठ २३, सोमबार ०८:१७ बजे

हेटौंडा – हेटौंडामा जारी स्थानीय तह सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज(सोमबार)बाट क्वाटरफाइनल चरणको खेल सूरु हुँदैछ ।

क्वाटरफाइनल अन्तर्गत आज एक खेल हुँदैछ । विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै छन् ।

एपिएफ र आर्मीबिचको खेल हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ । खेल दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ ।

मैदान उत्रदा उपाधि दाबेदार एपिएफ र आर्मी दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् । साविक विजेता आर्मी यसपटक उपाधि रक्षा गर्ने योजनामा छ भने उता एपिएफ आर्मीको उपाधी रक्षा गर्ने योजना तोड्ने ।

यसअघि आर्मीले आयोजक टोली मकवानपुर–११ लाई पराजित गर्दै तेस्रो स्थानीय तह सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि थियो । साविक विजेता हैसियतले आर्मीले सिधै क्वाटरफाइनलमा स्थान पाएको हो ।

एपिएफले आइतबार विहान भएको खेलमा फ्रेड्स् क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीसंग भेट पक्का गरेको थियो ।

पहिलो रोजाईका खेलाडीहरु एसियन कप छनोटको लागि कुवेत गएको कारण यसपटक आर्मीलाई साख जोगाउन चुनौती देखिन्छ ।

पछिल्लो समय सुधारिएको प्रर्दशन गर्दै आएको एपिएफले एडिभिजन लिग सकिएलगतै सर्वाधिक राशिकको आहा रारा गोल्डकपको उपाधि जित्दै अब्बल सावित गरेको थियो ।

त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । टोलीलाई अन्तिम आठमा चारमा पु¥याउन खेलाडीको खेल र कोचको रणनीतिले नै तय गर्नेछ ।

हालै सम्पन्न एडिभिजन लिगमा आर्मीले दोस्रो स्थान हासिल गर्दा एपिएफ सातौँ स्थानमा आउन सफल भएको थियो ।

प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस र मनाङ् मस्र्याङ्दी, तेस्रो घरेलु टोली बिजयी युथ र नव जनजागृती, चौथो तथा अन्तिम चर्च ब्वाइज र एभिनियर एफसीबिच हुनेछ । यि टोलीबिचको खेल क्रमशः २४,२५र२६ गते हुनेछ ।

जसमा आर्मी, मनाङ्ग मस्र्याङ्दी, विदेशी टोली एभिनियर एफसी र घरेलु टोली बिजयी युथ क्लब चार टोलीले सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो ।

मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ ।