हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ शिखरपानीबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय बिजय कुमार मोक्तानको घरमा डेरा गरी बस्ने मनहरी गाउँपालिका–७ घर भएका १८ वर्षीय टंक बहादुर स्याङ्तान रहेका छन् ।
स्याङ्तानको कोठा खानतलासी गर्दा कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा स्पास्पेन १३९० ट्याब्लेट, एनार्गन १५०० ट्याब्लेट, ट्रामोल ८८० ट्याब्लेट, कोफ्टएबी–डी ६५० ट्याब्लेट, अनरागना, १३५० ट्याब्लेट र गाँजा किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्याङ्तानलाई लागुऔषध सहित नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।