प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको बकैयामा आज शोक विदा

२०८० फाल्गुन १७, बिहीबार ०८:४१ बजे

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकाले वडा सदस्यको निधनमा आज शोक विदा दिएको छ । बकैया गाउँपालिका वडा नं.७ का वडा सदस्य ४० वर्षीय रामकुमार तितुङको बुधबार भएको असहमाहिक निधन भएको थियो ।

मंगलबार आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढलेर लाग्दा गम्भीर घाइते भएका तितुङको चितवन मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएको थियो ।

गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै आज शोक विदा दिने जानकारी गराएको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी गरिएको सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरुमा आज शोक विदा दिइएको उल्लेख छ ।