हेटौंडा – धादिङको रुबिभ्यालीमा एक घरमा आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा रुबिभ्याली गाउँपालिका–६ की ८० बर्षीया रुनिमायाँ तामाङ रहेकी छन् ।
प्रहरीका अनुसार रुबिभ्याली गाउँपालिका–६ कुप्चेतस्थित बस्ने रण बहादुर तामाङको कच्ची घरमा खाना पकाउने क्रममा अचानक आगोलागी भएको थियो । मृतक रुनिमायाँ रण बहादुरको श्रीमती हुन् ।
प्रहरीका अनुसार घरमा लागेको आगो स्थानियको सहयोगमा पुर्णरुपमा नियन्त्रणमा लिईएको थियो । आगोबाट घर पुर्ण रुपमा जली नष्ट भएको, घर भित्र रहेको लत्ताकपडा, अन्न र १५ वटा कुखुरा जलेको प्रहरीले जनाएको छ ।