घोराही –दाङका पुराना कम्युनिष्ट नेता देवी पोख्रेलको निधन भएको छ । दाङको कम्युनिष्ट पार्टीको आन्दोलनमा अतुलनीय योगदान गरेका नेता पोख्रेलको ७४ वर्षको उमेरमा शुक्रबार राति घोराहीस्थित आफ्नै निवासमा निधन भएको हो ।
घोराही उपमहानगरपालिका–१५ मा बस्दै आएका पोख्रेल लामो समयदेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । नेकपा ९एमाले० का केन्द्रीय सल्लाहकार समेत रहेका पोख्रेलको पार्थिव शरीरलाई घोराही उपमहानगरपालिका–१८ रझेनास्थित शंखेपीपल घाटमा दाहसंस्कार गरिएको थियो ।