हेटौंडा – लमजुङको बेशीशहर नगरपालिका–३ धुवाँखोलामा जिपको ढालाबाट लडेर एक बालकको मृत्यु भएको छ । बेशीशहर नगरपालिका–३ गाउँशहर बस्ने चित्र बहादुर बिकको छोरा ६ वर्षीय उज्वल बिकको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
गाउँशहरबाट बेशीशहरतर्फ जाँदै गरेको ग.१ ज ७१०१ नम्बरको जिपको ढालाबाट लडेर उज्वलको शुक्रबार दिउँसो मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।