हेटौंडा – स्काईभेटरमा आगजनी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–२ स्थितमा रहेको स्काईभेटरमा आगजनी एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चिशंखुगढी–१ का २९ बर्षीय तुलसी राज अधिकारी रहेका छन । उनले चिशंखुगढी–२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको सृजनशिल कन्स्ट्कसन प्रा.लि.को बा.३ ख ४३०६ नम्वरको स्काईभेटरमा आगजनी गरेको प्रहरीले आरोप लगाएको छ ।
आगजनीबाट स्काईभेटर जलेर पुर्णरुपमा क्षति भएको छ । तत्काल घटनास्थलमा खटिएको प्रहरी चौकी खानिभञ्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी टोलीले खोज तलासको क्रममा स्काईभेटरमा आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी–१ सुर्केटारस्थितबाट बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकारीको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भईरहेको छ । उक्त स्काईभेटरले माझिटार–हिलेछाप कच्चि भित्रि सडक खण्डमा मर्मत कार्य गर्दै आईरहेको थियो ।