हेटौंडा – काठमाण्डौको घण्टाघरमा आज (शुक्रबार) विहान पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाईते भएका छन् ।
मोटरसाईकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाण्डौ बस्ने अन्दाजि २३ बर्षीय सुजल छावुहाङ राईको उपचारको क्रममा बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाईते भएका पैदलयात्रु काठमाण्डौको नैकाप बस्ने ५८ बर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ । आज विहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाईकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।