प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा ट्याक्टरमा लोड भएको रडमा ठोक्किँएर एक शिक्षकको मृत्यु

२०८१ जेठ ३, बिहीबार ०७:४४ बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका– ४ सादेपुलस्थित धरान–चतरा सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का व्यावसायी तथा पूर्व सञ्चारकर्मी केशव प्रसाद मुडभरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवनपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार गएराति बागमतीको भोर्लेनीबाट काभ्रेको तालढुङ्गा जाने भित्रिसडकमा ना ७ त २२५९ नम्बरको ट्याक्टरमा लोड भएको रडमा ना.६६ प ९३०३ नम्बरको स्कुटर ठोक्किर ठोक्किँदा मुडभरी गम्भीर घाइते भएका थिए ।

अनुहार, टाउकोमा चोट लागेको र बोल्ने नसक्ने अवस्थामा घटनास्थलबाट उद्धार गरी हेटौंडा अस्पतालमा ल्याईएकोमा उपचारको क्रममा गएराति ९ बजे मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता भणडारीले जानकारी दिए । ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजी कार्य भइरहेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।

मुडभरी फेमकोल एकेडेमीका फाउण्डर तथा प्रिंसिपल समेत हुन् ।