हेटौंडा – मकवानपुर थाहा नगरपालिका–७ चल्तीस्थित थाक्लेमा दुई घरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय गएराति कृष्ण बहादुर खत्रीको ढुङ्गा माटोले बनेको दुई तले कच्चि घरमा बिजुलीको तार सट भएर भएको आगलागी भएको हो ।
आगोलागीबाट घर र सामनहरु पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनका अनुसार कृष्ण बहादुर खत्रीको (चार लाख) समेत गरी कुल उन्नाइस लाख बराबरको क्षेति भएको छ । त्यस्तै राज कुमार खत्रीको एक लाख पचास हजार नगद समेत गरी कुल सोह्र लाख पचास हजार बराबरको क्षेति भएको प्रवक्ता कार्कीले बताए ।