प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अटोमा मोटरसाइकल ठोक्किँदा श्रेष्ठको मृत्यु, २ जना घाइते

२०७९ आश्विन २१, शुक्रबार ०७:१४ बजे

हेटौंडा – रोकिराखेको अटोमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका ३ मिलन चोकमा बिहिबार बेलुका रोकिराखेको स १ ह २०६७ नम्बरको अटोमा प्रदेश १ ०५ ००१ प २१८६ नम्बरको मोटरसाइकल ठोक्किँएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४३ वर्षीया तुलसी कुमारी श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका मोटरसाइकल चालक र अटोमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जलजलेबाट गाईघाटतर्फ आउँदै गरेको मोटरसाइकल बिहीबार बेलुकी पौने ७ बजे रोकिराखेको अटोमा ठोक्किँएको थियो । अटो चालकलाई अस्थाई प्रहरी पोष्ट बगाहा उदयपुरले नियन्त्रणमा लिएको छ ।