हेटौंडा – सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
बारा जितपुरसिमरा उपमहनगरपालिका– १८ मोतिचोकमा ना.७ ख ५४६६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सुवर्ण गाउँपालिका–३ हर्दिया पसुरामपुर बस्ने २० वर्षीय राजाबाबु चमारको मंगलबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी (पूर्व), बौदीकाली गाउँपालिका-२ भुरुङगे चोकस्थित सडकमा लु.२ ख ४४८२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री तनहुँ घिरिङ गाउँपालिका–४ बस्ने ६० वर्षीय दुर्गा बहादुर दमाईको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको वि.वि.कोईराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।