प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

२०७९ कार्तिक २४, बिहीबार १३:५१ बजे

हेटौंडा – चितवनमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको ईच्छाकामना गाउँपालिका–३, दारेचोक दान्ताराङ स्थित बस्ने ४५ वर्षीया सुमित्रा दमाईको लडेर मृत्यु भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

कार्यालयका अनुसार दमाईको घरबाट अन्दाजी ७० मिटर टाढा रहेको बराको रुखबाट घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो। घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।