प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा जग्गा कारोबारमा गिरावट, राजस्व संकलन ७ करोड कम

२०८० माघ २३, मंगलबार ०८:४७ बजे

हेटौंडा – मकवानपुरमा पछिल्लो समय जग्गाको कारोबारमा गिरावट आएको छ। कोभिड-१९ को महामारीयता सुस्ताएको जग्गा कारोबार अझै चल्न सकेको छैन।

यसको असर राजस्व संकलनमा पनि परेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म मालपोत कार्यालय मकवानपुरबाट १५ करोड ७८ लाख राजस्व संकलन भएको छ। अघिल्लो वर्षको तुलनामा यो रकम ७ करोडले कम छ।

मालपोत कार्यालयका अनुसार जग्गा कित्ताकाट बन्द, आर्थिक मन्दी र जग्गा धितो राखेर लिइने ऋणमा कमी आएका कारण राजस्व संकलन घटेको हो। यसअघिका वर्षहरूमा मकवानपुरबाट २३ देखि २६ करोड बीच राजस्व संकलन हुने गरेको थियो।