प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भिमफेदी दुर्घटना अपडेटः एक जनाको मृत्यु, ९ जना घाइते (नामसहित)

२०७९ पौष १७, आईतबार ०६:३१ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेस्थित कालिप्रसाद गण आर्मी ब्यारेक नजिकै भएको पिकअप गाडी दुर्घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा बिश्रामपुर गाउँपालिका ३ बस्ने अन्दाजी १८/२० वर्षीय राहुल कुमार पण्डित रहेका छन् । उनको उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत्यु घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गत आइतबार बिहान हेटौंडाबाट दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भएर नालिमा दुर्घटना भएको थियो

प्रहरीका अनुसार दुर्घटनामा चालक सहित १० जना घाइते भएका छन् । घाइते हुनेमा भारत झारखण्ड बस्ने ३६ वर्षीय बिजय दास, पर्सा बिरगंज माहानगरपालिका १७ बस्ने १८ बर्षीया सुमित गुप्ता, पर्सा बौदरमाई नगरपालिका–५ बस्ने २६ वर्षीय दिनानाथ प्रसाद, सोही स्थान बस्ने २८ को उमेस कुस्वाह, बारा बिश्रामपुर गाउँपालिका–३ मुसरहवा बस्ने १८ वर्षीय सिबजी साह, सोही स्थान बस्ने१८ वर्षीय धिरज चौरसिया, १७ वर्षीय पप्पु कुमार गुप्ता र २७ वर्षीय अजय चौरसिया रहेको प्रवक्ता कार्कीले बताए । 

प्रवक्ता काकीका अनुसार घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका सवारी चालक फरार रहेका छन् । अस्पताल तर्फ जान्छु भनेर हिडेका सवारी चालक हालसम्म सम्पर्कमा नरहेकोले खोजी कार्य भइरहेको प्रवक्ता कार्कीले बताए ।