प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घट्यो पेट्रोलियम पदार्थको मुल्य

२०७९ जेठ १९, बिहीबार १४:५० बजे

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ । अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो ।