प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरे फुटबल रेफ्री श्रेष्ठको निधन

२०८१ जेठ २४, बिहीबार २०:१७ बजे

हेटौंडा – फुटबल खेलका रेफ्री अकिललाल श्रेष्ठको निधन भएको छ । बुधबार राती हृदयघातका कारण ४० बर्षीय श्रेष्ठको निधन भएको हो ।

बुधबार दिउँसो छातीमा दुखेर स्वास्थ्य परीक्षण गरेर फर्किएका श्रेष्ठको राती अचानक दुखाई बढेपछि अस्पताल लैजाने उनको क्रममा निधन भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

हेटौँडा–१३ निवासी श्रेष्ठ मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष समेत हुन् । श्रेष्ठको श्रीमति र एक छोरा छन् । उनको बिहिबार नै हेटौँडास्थित त्रिवेणीधाममा अन्त्येष्टी गरिएको छ ।

उनको निधनप्रति मकवानपुरे फुटबल प्रेमी नेतृत्वकर्ता र दर्शकहरुले दुःख ब्यक्त गरेका छन् । मकवानपुर फुटबलले एक कुशल निर्णयक गुमाएको अध्यक्ष लामाले बताए । उनको निधनको शोकमा आज जिल्लाभर फुटबलका क्रियाकलापमा रोक लगाईएको थियो ।