प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

त्रिशुली नदीको किनारमा एक किशोर मृत भेटिए

२०८० पौष २४, मंगलबार १२:०८ बजे

हेटौंडा – त्रिशुली नदीको किनारमा एक किशोर मृत अवस्थामा फेला परेका छन् । चितवन ईच्छाकामना गाउँपालिका–३, फिस्लिङ नजिकै त्रिशुली नदीको किनारमा दुईवटा ढुङ्गाको बिचमा एक किशोर मृत अवस्थामा फेला परेका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने वर्ष १९ को रन्जन चेपाङ मृत अवस्थामा फेला परेका हुन् । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।