प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा सालनालसहित नवजात शिशुको शव फेला

२०८० चैत्र १३, मंगलबार २०:३७ बजे

हेटौंडा – मकवानपुरको मनहरीमा मङ्गलबार बिहान नवजात शिशुको शव फेला परेको छ । मनहरी गाउँपालिका वडा नं.७ रमौली बांगेटोलस्थित मनहरी खोलाको छेउमा सालनालसहित नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।