प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा अस्पतालमा तनाव

२०७९ श्रावण २१, शनिबार १५:१६ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडाको एक मात्र सरकारी अस्पतालमा चिकित्सकले जिउँदो बिरामीलाई मृत घोषणा गरेको भन्दै आफन्तहरु आन्दोलनमा उत्रिएका छन् ।

शनिबार दिउँसो तीन बजे करेन्ट लागेर घाइते भएका हेटौंडा उपहानगरपालिका वडा नं.९ का १३ वर्षीय सोहन लामालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको थियो ।

डाक्टरले मृत घोषणा गरेको बालक करिब दुई घण्टापछि होसमा आएको भन्दै आफन्तहरु आन्दोलित भएका भएका हुन् । हाल अस्पताल परिसरमा सयौँको सङ्ख्यामा डाक्टरद्वारा मृत घोषणा गरिएका बालकका आफन्तहरु आन्दोलनरत छन् ।

आफ्नो विरामीको मृत्यु भए अस्पतालको लापरवाहीको कारण हुने आफन्तहरुले आरोप लगाएका छन् । चिकित्सकले भने विरामीको मृत्यु भएको घोषणा गरिसकेको छ ।