प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट स्याङ्तान घाइते

२०८० पौष ४, बुधबार ०९:०१ बजे

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नं.८ भिआइपी चोकमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय २९ बर्षीय राज कुमार स्याङ्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटसाइकलले बाटो पार गर्दै गरेका राजकुमारलाई ठक्कर दिएको हो । ठक्करबाट खुट्टामा चोट लागेको उनको प्राथमिक स्वास्थ्य चौकी मनहरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटसाइकल चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।