प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सन्दीप लामिछानेले लिए तेस्रो विकेट, स्कटल्याण्डको एक सय रन पुरा

२०७९ फाल्गुन ९, मंगलबार ०४:३५ बजे

काठमाडौं – स्कटल्यान्डविरुद्धको खेलमा नेपाललाई पहिलो विकेट दिलाएका सन्दीप लामिछानेले थप दुई विकेट लिएका छन् ।

आक्रामक सुरुवात गरेको स्कटल्यान्डको सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् । उनले आफ्नो १४.५ र १४.६ ओभरमा लगातार विकेट लिएका हुन् ।

पहिलो ओभरको पाचौं बलमा सन्दीपले स्कटल्यान्डका विष्फोटक ब्याट्सम्यान किल कोयट्जरलाई आउट गरे । उनले २३ बलमा चार चौकाको मद्दतले २२ रन बनाएका थिए ।

उनले दोस्रो विकेटको रुपमा विष्फोटक ब्याट्सम्यान जर्ज मुन्शेलाई बोल्ट आउट गरे । उनले ६० रन बनाएका थिए । त्यसपछिको बलमा नै उनले कप्तान रिचि वेरिङ्गटनलाई शुन्य रनमा आउट गराए । यो सिरिजमा सन्दीपले आफ्नो १३ विकेट पूरा गरे ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । स्कटल्याण्डले १९ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पुरा गरेको छ ।