प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी, पाण्डे प्रहरीको फन्दामा

२०८० आश्विन १८, बिहीबार ०९:२८ बजे

काठमाडौं – माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँ व्यास नगरपालिका– १२ घर भई हाल काठमाडौं थानकोट बस्ने २९ वर्षीय रन्जन पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पाण्डेले ४ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई फुड डेलिभरीमा १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६ लाख रूपैयाँ लिएर सम्पर्क बिहीन भएका थिए । वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।