प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुबई पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ

२०८० चैत्र १, बिहीबार २०:३३ बजे

काठमाडौं – दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको बन्दिपुर घर भएर काठमाडौँको मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारी छन्।

दुबईमा मासिक ७० हजार तलब हुने कम्पनीमा जागिर लगाइदिन्छु भनेर पीडितसँग २ लाख ५० हजार लिएपछि उनी सम्पर्क विहीन भएका हुन्। आरोपीलाई काठमाडौँको बत्तिसपुतलीबाट पक्राउ गरेर कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।