काठमाडौ – मनसुनी वायुको प्रभावले बागमती प्रदेशको राजधानी हेटौंडा सहित देशको विभिन्न स्थानमा वर्षा भएको छ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०७९ असार २२ गते (बुधबार)
दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देश आँशिक देखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७९ असार २३ गते (बिहिबार)
दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।
२०७९ असार २४ गते (शुक्रबार)
दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेश केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।
आवश्यक सतर्कता अपनाउन आग्रह
देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।