प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु

२०८० बैशाख ३, आईतबार १३:३९ बजे

हेटौंडा – घाँस काट्ने क्रममा भीरबाट लडेर चितवनमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कालिका नगरपालिका–९, मैतेस बस्ने ३६ वर्षीया दिल माया चेपाङ घाँस काट्ने क्रममा भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।