प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

संघीयतालाई खारेजी नभइ व्यवस्थित र मजबुद बनाउनु पर्छ: प्रचण्ड

२०७९ असार ३०, बिहीबार ०६:११ बजे

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीयतालाई खारेजी नभइ व्यवस्थित र मजबुद बनाउनु पर्ने बताए । नेपाल विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति बहस कार्यक्रम सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले संघीयता खारेज गर्नु निरंकुश राजतन्त्रतर्फको यात्रा भएको बताएका छन्। ‘आज भोलि केही नेताहरु संघीयता खारेज गर्नुपर्छ भनेर बोलिरहेका छन्, त्यो भनेको निरकुशं राजतन्त्रकै दिशामा फेरी जाने भन्ने हो,’ प्रचण्डले भने,‘स्थानीय र प्रदेश सरकारलाई अझ व्यवस्थित र मजबुद बनाउनुपर्यो। प्राकृतिक स्रोत साधनमाथी जनताको हक अधिकारलाई सुनिश्चित गर्नेतर्फ केन्द्रीत हुनुपर्छ।’