प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

केदार न्यौपाने र छक्कबहादुर लामा एमालेको केन्द्रीय सदस्यमा मनोनीत

२०८० श्रावण २९, सोमबार १२:५० बजे

काठमाडौं – नेकपा (एमाले) ले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य बनाएको छ। सोमबार बसेको एमालेको सचिवालय बैठकले न्यौपाने र लामालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो।

न्यौपाने नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष थिए। उनले केही दिनअघि एकीकृत समाजवादी परित्याग गरेका थिए। लामा हुम्लाका पूर्वसांसद हुन्। २०७४ सालमा स्वतन्त्र उम्मेदवार बनेका उनी नेकपाकालमा नेकपा प्रवेश गरेका थिए।