प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यू–१९ एसिया कप: नेपाल र अफगानिस्तान भिड्दै

२०८० मंसिर २४, आईतबार ०८:०८ बजे

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा आज नेपालीले अफगानिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।

दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ ।