हेटौंडा – घरमा आगलागी हुँदा नाबालिका छोरीको जलेर मृत्यु भएको छ भने बाबुमाआमा घाइते भएका छन् ।
भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजारमा स्थानीय खेममणी तामाङको घरमा उनको २ बर्षीया छोरी रेश्मा तामाङ आगोले जलेर घटनस्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहिबार बेलुका ७ बजे खेममणीको घरमा आगलागी भएको थियो । घर धनी खेममणी र उनको श्रीमती मिना तामाङलाई आगलागीमा परी घाइते भएका छन् । उनिहरुको उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको प्रहरीले जनाएको छ ।
घरमा लागेको आगो नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको सहयोगमा राती साढे २ बजे नियन्त्रण गरिएको थियो । आगलागिबाट खेममणीसंगै रहेको अर्जुन तामाङको घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट अन्दाजी २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको अनुमान छ ।
घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।