प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गुण्डागर्दीमा संलग्न पाँच जना पक्राउ

२०८० श्रावण १७, बुधबार १३:१० बजे

हेटौंडा – गुण्डागर्दी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका श्याम बहादुर लामा, भीम बहादुर बस्नेत, गोविन्द गजमेर, प्रविण तामाङ र रामेछाप घर भएका बिक्की लामा उर्फ बाफ्ले छन् ।

काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी लगायतका स्थानहरूमा सर्वसाधारण व्यक्तिहरूसंग अनावश्यक विवाद गरी डरत्रास, भय सृजना गर्ने र सर्वसाधारणहरूलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधि गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समूहमा गएर उनीहरुले सर्वसाधारणलाई कुटपिट समेत गर्ने गरेको गुनासोका आधारमा मंगलबार अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीतहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरीले जनाएको छ ।