हेटौंडा – रसुवाको रसुवागढी नाकाबाट मकवानपुरका एक व्यक्ति अवैध सुनचाँदी सहित पक्राउ परेका छन् । मकवानपुर थाहा नगरपालिका वडा नं.५ बस्ने ४१ बर्षीय अम्बर बहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार नाका खटिएका प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले केरुङ्गबाट आउँदै गरेका विश्वकर्मालाई चेकजाँच गर्दा उनले बोकेको झोलाबाट ३ दशमलव ६६१ तोला सुन र ८ दशमलव ५७८ तोला चाँदी बरामद गरिएको हो ।
बरामद गरिएको सुन ४ लाख १० हजार ७६४ र चादी १२ हजार २२३ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । विश्वकर्मालाई सुनचाँदी सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय टिमुरेमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।