हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाकी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक किरण राणा र संचारकर्मीहरूबीच परिचयात्मक अन्तरक्रिया भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच प्रमुख राणा र मकवानपुर जिल्लास्थित विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरूबीच अन्तरक्रिया भएको हो ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित संचारकर्मीहरूले बागमती प्रदेशको शान्ति सुरक्षाको विषयमा विभिन्न जिज्ञासा राखेका थिए । प्रदेश प्रहरी प्रमुख राणाले संचारकर्मीको जिज्ञासाको जवाफ दिएकी थिइन्।
राणाले प्रभावकारी शान्ति सुरक्षा व्यवस्थापनमा सञ्चार माध्यमको समेत महत्वपूर्ण भूमिका हुने बताइन् । उनले यसलाई निरन्तर समन्वय गर्दै अगाडी बढ्न संचारकर्मीहरूलाई आह्वान समेत गरिन् ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरी अन्तर्गतका कार्यालयहरूको काम कारबाहीको सन्दर्भमा संक्षिप्त प्रस्तुतीकरण दिएका थिए ।