प्रहर खबर
 २०८१ बैशाख २९, शनिबार    

मकवानपुरको बागमतीबाट ठुलो परिमाणमा सालको काठ बरामद, मोक्तान पक्राउ

२०८१ बैशाख १६, आईतबार ०८:१५ बजे

हेटौंडा – मकवानपुर प्रहरीले बागमती गाउँपालिका वडा नं.२ भुर्कुसबाट ठुलो परिमाणमा सालको चिरान काठ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति भुर्कुस टोलबाट बा.५ ख ५४०० नम्बरको टिपरमा लोड गर्दै गरेको अवस्थामा १८७ पिस २१७.४२ क्यूफिट चिरान सालको काठ बरामद गरेको हो ।

उक्त काठ सहित ट्रिपर र ट्रिपर चालक मकवानपुरगढी गाउँपालिका वडा नं. २ बस्ने बर्ष २५ को आईत सिङ मोक्तानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठ सहित ट्रिपर र ट्रिपर चालकलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि आइतबार बिहान डिभिजन बन कार्यालय मकवानपुरलाई बुझाएको प्रहरीले जनाएको छ ।