हेटौंडा । मकवानपुरको हेटौंडा वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा अत्यधिक वर्षा मापन गरिएको छ ।
यसका कारण सो क्षेत्र भएर बहने कर्रा, सम्री, पूर्वी राप्ती नदीसहित अन्य साना खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको छ ।
तसर्थ, तटीय क्षेत्रमा बसोबास गर्ने तथा डुवानको जोखिममा पर्ने होचा भू-भागमा रहेका सबै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग अनुरोध गरेको छ।