प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

जलेर पाँच महिनाको शिशुको मृत्यु

२०७९ कार्तिक २०, आईतबार ११:५३ बजे

काठमाडौं – घरको चुलोबाट सल्किएको आगोले जलेर पाँच महिनाको शिशुको मृत्यु भएको छ ।

बाजुराको बुढिन्नदा नगरपालिका–९ अगाउँपानीमा आज (आइतबार) बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परि शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो । यस घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख सूर्य थापाले बताएका छन् ।