प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

२०७९ भाद्र ५, आईतबार ०७:०२ बजे

हेटौंडा – मकवानपुरमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार मनहरी बजारबाट सामान खरिद गरी घर फर्कने क्रममा शनिबार साँझ कैलाश गाउँपालिका–१० स्थित मनहरी खोलामा आएको बाढीले स्थानीय ४६ वर्षीय माइलीमाया जिम्बा र ३३ वर्षीया सन्चमाया प्रजालाई बगाएको थियो ।

खोलाले बगाएर बेपत्ता भएकामध्ये ३३ वर्षीया सञ्चमायाको शव  भुपटारस्थीत खोला किनारमा भेटिएको फेला परेको प्रवक्ता कार्कीले बताए। चेपाङसँगै खोलामा बेपत्ता भएकी ४६ वर्षीया माइलीमाया अहिलेसम्म फेला परेकी छैनन् । उनको खोजी कार्य भइरहेको प्रवक्ता कार्कीले बताए ।