प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

केशरी समाज नेपाल मकवानपुरको साधारणसभा सम्पन्न

२०७९ भाद्र ४, शनिबार १४:३२ बजे

हेटौंडा – केशरी समाज नेपाल, मकवानपुरको ११ तथा १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजको अध्यक्ष रन्जित केशरीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

प्रमुख अतिथी बानियाँले केशरी समुदाय एकजुट भएर समाज सेवा लाग्न पर्ने बताए । उनले केशरी समाजले गर्ने सामाजिक गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष रन्जित केशरीले आफुहरु आफ्नो समुदायभित्र मात्र नभई सामाजिक गतिविधीमा संलग्न भएर अगाडी बढाउने प्रतिवद्धता ब्यक्त गर्दै समाजलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरे ।

साधारणसभाबाट बिकेश केशरी र योजना केशरी संयोजकत्वमा ७/७ सदस्यीय केशरी समाज नेपाल, मकवानपुरको युवा तथा महिला समिति गठन गरिएको अध्यक्ष रन्जितले बताए । उनले केशरी समुदायलाई एकजुट तथा सामाजिक क्रियाकलाप सञ्चालन गर्न युवा र महिला समितिले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

साधरणसभामा केशरी समाज नेपाल, मकवानपुरका पदाधीकारी र केशरी समुदायका करिब दुई सय भन्दा बढी सदस्यहरुको उपस्थिती रहेको थियो ।