प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चट्याङ लागेर मृत्यु

२०८० असार २२, शुक्रबार १४:२२ बजे

सप्तरी – सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ ।

घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइते रामको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।