हेटौंडा – हेटौंडामा श्रीमतीले धकेल्दा लडेर श्रीमानको ज्यान गएको छ । ज्यान गुमाउनेमा हेटौंडा उमहानगरपालिका वडा नं.३ जम्बुचौताराका ४३ वर्षीय मित्रलाल सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार मंगलबार साँझ मादक पदार्थ सेवन गरी आएकि श्रीमती ४१ वर्षिया अनिता विक मित्रलालबिच घरायसी विवाद भएको थियो । विवादको क्रममा अनिताले हातले धकेल्दा लडेर मित्रलाल गम्भिर घाईते भएका थिए । उनको उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषण गरेको प्रवक्ता रिमालले जानकारी दिए ।
घटना संलग्न मृतम मित्रलालकी श्रीमती अनितालाई नियन्त्रणमा रहेको प्रवक्ता रिमालले बताए ।