हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.११ सिमातमा खसेको पहिरो पन्छाएपछि कान्ति लोकपथमा सञ्चालनमा आएको छ । बर्षाको कारण बिहिबार साँझ सडकमाथिबाट पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको थियो ।
साँझ ५ बजे खसेको पहिरो खसेर अवरुद्ध बनेको सडक आजै पौने ८ बजे बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । पहिरो पन्छाएपछि सडकमा रोकिएका सवारीहरु गन्तब्यतर्फ लागेको उनले बताए ।