प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

२०७९ आश्विन १, शनिबार ०२:५५ बजे

हेटौंडा – टिपरको ठक्करबाट मोटरसाइकल श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापा कनकाई नगरपालिका–४ स्थित माई खोलाको पुलमा प्रदेश ०३–००१ क ००–१ नम्बरको टिपरले प्रदेश १–०१–०१३ प ८३१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेल र पछाडि सवार उनकी श्रीमती ४० वर्षीया गीता पौडेल गम्भीर घाइते भएका थिए। उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक मकवानपुरगढी गाउँपालिका–८ निवासी २३ वर्षीय मन रत्न लामासहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ।