प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

घरभित्रै बाबु-छोराको शव फेला

२०७९ जेठ ८, आईतबार ०९:०८ बजे

काठमाडौं – धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा बाबु छोराको शव फेला परेको छ ।

सिराहाको अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरस्थित घरमा आइतबार बिहान हत्या गरिएको अवस्थामा घरभित्र बाबु–छोराको शव फेला परेको हो।

६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको उनले बताए ।

घटनाको अनुसन्धान अघि बढाएको उनले बताए ।

सेतोपाटीको सहयोगमा