हेटौंडा – नेकपा एमालेको बागमती प्रदेश कमिटीमा मकवानपुरका सात जना मनोनित भएका छन्। एमाले बागमती प्रदेश अध्यक्ष केशब पाण्डेको सभाध्यक्षता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बसेको बैठकले ७९ सदस्य मनोनित गरेको थियो ।
मकवानपुरबाट हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, बुद्धरत्न मानन्धर, इन्द्रमान स्याङतान, डिल्लीप्रसाद दाहाल, सम्राट तुम्बाहाम्फे, रामचन्द्र अर्याल र श्यामभक्त श्रेष्ठ मनोनित भएका हुन् ।