हेटौंडा – बागमती प्रदेशमा एकैदिनमा चार जना झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार मकवानपुर, चितवन, सिन्धुली र नुवाकोटमा एक–एक जना झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
मकवानपुर थाहा नगरपालिका–४, रुप्से बस्ने ३७ वर्षीय दिनेश लामा आफ्नै घरको धुरीको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै नुवाकोट ककनी गाउँपालिका–४, रानीपौवा स्थित रानीपौवाबाट डाँडा गाउँ जाने कच्ची सडक खण्डको छेउमा हाल नाम थर वतन नखुलेको २६ वर्षीय पुरुष झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनी सल्लाको रूखमा नाईलनको डोरीले लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । झुण्डी मृत्यु
चितवन कालिका नगरपालिका–४, पिपरिया टोलको सृजना चोक बस्ने वर्ष १४ बर्षीया अग्रता प्रधान झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । उनी आफु सुत्ने कोठाको सिलिङ्ग पंखा झुण्ड्याउने रडमा सलको पासो लगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
यसैगरी सिन्धुली तिनपाटन गाउँपालिका–४, बेशीटार घर भई हाल कमलामाई नगरपालिका वडा नम्बर ६ सिद्धस्थली बोडिङ नजिकै डेरा गरी बस्ने २४ वर्षीया सन्जु राना मगर मृत भेटिएकी हुन् । उनी आफु सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला प्रहरीले जनाएको छ ।