हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछाप नगरपालिका–८, घर भएका चितवन खैरेनी नगरपालिका–८ बस्ने अन्दाजी ४५।५० बर्षीय नर बहादुरक थापा रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ८६५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर सडकको पोलमा ठोक्किँएर दुर्घटना हुँदा थापा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।